·

सांग्रिला डेभलपमेन्ट बैंकले ३० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने

Author

NEPSE TRADING

सांग्रिला डेभलपमेन्ट बैंकले ३० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ। बैंकका संस्थापक सेयरधनी मनोहर त्रिपाठीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले उक्त सेयर बिक्री प्रक्रिया अगाडि बढाएको हो।

बैंकका अनुसार त्रिपाठीको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याइनेछ। उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

आवेदन दिने क्रममा आफूले खरिद गर्न चाहेको सेयर संख्या स्पष्ट रूपमा उल्लेख गरी काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ।

तोकिने समयभित्र आवेदन नपरेमा बैंकले प्रचलित कानुनी व्यवस्था अनुसार अन्य प्रक्रिया अघि बढाउने जनाएको छ।

Related News