·

माघमा सेयर धितो कर्जा ३ अर्ब ३३ करोडले वृद्धि

Author

NEPSETRADING

माघमा सेयर धितो कर्जा ३ अर्ब ३३ करोडले वृद्धि
काठमाडौं । सेयर बजारमा लगानी गर्न बैंकबाट लिइने मार्जिन प्रकृतिको कर्जा माघ महिनामा मात्रै तीन अर्ब ३३ करोड २० लाख रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकको माघ मसान्तसम्मको तथ्यांक अनुसार पुस मसान्तसम्म एक खर्ब ५२ अर्ब ८२ करोड ३० लाख रुपैयाँ रहेको यस्तो कर्जा माघ मसान्तसम्ममा बढेर एक खर्ब ५६ अर्ब १५ करोड ५० लाख रुपैयाँ पुगेको छ। वाणिज्य बैंकबाट प्रवाह हुने मार्जिन कर्जा तीन अर्ब ३९ करोड ३० लाख रुपैयाँले बढेर एक खर्ब ३३ अर्ब ७ करोड ७० लाख पुगेको छ भने विकास बैंकबाट यस्तो कर्जा दुई करोड ६० लाख रुपैयाँले बढेर १९ अर्ब ८९ करोड ३० लाख पुगेको छ। तर वित्त कम्पनीबाट प्रवाह हुने कर्जा भने आठ करोड ७० लाख रुपैयाँले घटेर तीन अर्ब १८ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ। चालु आर्थिक वर्षको सात महिनामा मात्रै मार्जिन प्रकृतिको सेयर कर्जा १५ अर्ब ४५ करोड ३० लाख रुपैयाँले बढेको देखिएको छ। राष्ट्र बैंकले गत असोज २२ गते सेयर धितो कर्जामा रहेको व्यक्तिगत अधिकतम २५ करोड रुपैयाँको सीमा हटाएपछि यस्तो कर्जा प्रवाह क्रमशः बढ्दै गएको देखिएको छ।

Related News