·

भरतपुरमा स्वास्थ्यकर्मीका लागि सेयर बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Author

NEPSE TRADING

भरतपुरमा स्वास्थ्यकर्मीका लागि सेयर बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

NIMB Stock Markets Ltd र NIMB Ace Capital ले संयुक्त रूपमा भरतपुर–१० स्थित हाई फाइभ रेष्टुरेन्टमा स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी सेयर बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।

उक्त कार्यक्रममा भरतपुर क्षेत्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सेयर बजारको आधारभूत ज्ञान, लगानीका अवसर, जोखिम व्यवस्थापन, दीर्घकालीन लगानी रणनीति तथा पूँजी बजारका वर्तमान अवस्थाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा NIMB Stock Markets Ltd र NIMB Ace Capital का विज्ञहरूले सहभागीहरूलाई सुरक्षित तथा जिम्मेवार लगानीका विषयमा मार्गदर्शन गर्दै सेयर बजारप्रति सकारात्मक सोच विकास गर्नुपर्नेमा जोड दिएका थिए। साथै, वित्तीय साक्षरता अभिवृद्धि गरी स्वास्थ्यकर्मीहरूलाई वैकल्पिक आम्दानी स्रोततर्फ प्रेरित गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन्।

सहभागीहरूले कार्यक्रमबाट सेयर बजारसम्बन्धी व्यावहारिक ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका छन्। आगामी दिनमा पनि यस्ता वित्तीय सचेतना कार्यक्रमलाई निरन्तरता दिने आयोजक संस्थाहरूले प्रतिबद्धता व्यक्त गरेका छन्।

Related News