·
Sharp Rise in Margin Lending, Up by 26.3% in Six Months
Author
Nepse trading
नेपालमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर धितो (मार्जिन) कर्जा ६ महिनामा २६.३ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म ९० अर्ब ९ करोड रहेको मार्जिन कर्जा पुस मसान्तसम्म १ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ। पुस महिनामा मात्र ५ अर्ब ८३ करोड कर्जा प्रवाह भएको छ। विशेषगरी १ करोडमाथिको कर्जा ३४.९ प्रतिशतले वृद्धि भई ७५ अर्ब ४४ करोड पुगेको छ। सानो सीमाका कर्जाको वृद्धिदर न्यून देखिएको छ। ठूला लगानीकर्ताको आक्रामक प्रवेशले सेयर बजारमा जोखिम समेत बढ्न सक्ने आँकलन गरिएको छ।