·
शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभा फागुन १३ गते
Author
Nepse trading

शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभा फागुन १३ गते
शिखर इन्स्योरेन्स कम्पनीले फागुन १३ गते वार्षिक साधारण सभा गर्ने भएको छ। सभामा सेयरधनीलाई १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ। साथै, आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाहबारे छलफल हुनेछ।
त्यसैगरी, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण पनि एजेन्डामा रहेको छ। सभा प्रयोजनका लागि कम्पनीले माघ ३० देखि फागुन १३ गतेसम्म बुक क्लोज गर्नेछ। सभा बिहान ११ बजे, थापाथलीस्थित शिखर विज सेन्टरमा हुनेछ।