·

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५% नगद लाभांश वितरण गर्ने घोषणा

Author

NEPSE TRADING

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५% नगद लाभांश वितरण गर्ने घोषणा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड (SPIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो। यो निर्णय मंसिर २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकमा गरिएको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सो लाभांश वितरण गरिनेछ।

Related News