·

सिन्धु विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नोक्सानी भोगेको छ

Author

NEPSE TRADING

सिन्धु विकास बैंकले   चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नोक्सानी भोगेको छ

सिन्धु विकास बैंक लिमिटेड (SINDU) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। रिपोर्ट अनुसार, बैंकले यस अवधिमा नोक्सानी व्यहोरेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले १ करोड ५४ लाख रुपैयाँ नोक्सानी भएको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य रूपमा बढेपनि बैंक नोक्सानीमा पुगेको कारण इम्पेरमेन्ट चार्जको वृद्धि भएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ करोड ६६ लाख रुपैयाँबाट बढेर ५ करोड ८८ लाख रुपैयाँ पुगेको छ। यसैगरी, बैंकको खुद फि र कमिशन आम्दानी ५५ लाख रुपैयाँबाट बढेर ८६ लाख रुपैयाँ, र कुल सञ्चालन आम्दानी ६ करोड ४८ लाख रुपैयाँबाट बढेर ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ६२ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा पुगेको बैंक, चालु आर्थिक वर्षको सोही अवधिमा १७ लाख ८८ हजार रुपैयाँ इम्पेरमेन्ट चार्ज हुँदा नोक्सानीमा पुगेको हो।

पुस मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ १९ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २२ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

५५ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष ३ करोड २३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ५ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

Related News