·

सन नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर

Author

NEPSE TRADING

सन नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकका लागि क्यासब्याक अफर सार्वजनिक गरेको छ। अब बीमाशुल्क भुक्तानी ई–सेवा र खल्तीमार्फत गर्ने ग्राहकले विशेष सुविधा पाउने भएका छन्।

कम्पनीका अनुसार, बीमालेख नवीकरण मिति अगावै वा नवीकरण मिति पछि सात दिनभित्र प्रिमियम भुक्तानी गर्ने ग्राहकले बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन्।

यो अफर असोज १ गतेदेखि मंसिर २९ गते, २०८२ सम्म लागू हुने छ। कम्पनीले यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र बीमा सेवा अझ सहज, सुरक्षित र ग्राहकमैत्री बन्ने विश्वास व्यक्त गरेको छ।

Related News