एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ आजदेखि खुला
Author
NEPSE TRADING

काठमाडौँ, कात्तिक १९ – एसवाई प्यानल नेपाल लिमिटेड ले आज (कात्तिक १९ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँट गरिसकेको थियो।
कम्पनीको जारी पूँजी रु १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँ रहेको छ। सो जारी पूँजीको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता स्थानीय बासिन्दा र ४ लाख ९७ हजार ९२ कित्ता विदेशमा कार्यरत नेपालीहरूलाई बिक्री भई बाँडफाँट भइसकेको छ।
यसपटक कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि ४० लाख ७६ हजार १५६ कित्ता शेयर प्रतिशेयर रु १०० अंकित मूल्यमा निष्काशन गर्न लागेको हो। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ। आईपीओ निष्काशन छिटोमा कात्तिक २३ गते र ढिलोमा मंसिर ३ गते बन्द हुनेछ।
इक्रा नेपाल लिमिटेड ले कम्पनीलाई प्रदान गरेको रेटिङ “इक्राएनपी इशूअर रेटिङ डबल बी (ICRANP IR BB)” रहेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरूबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।


