·
आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु
Author
NEPSE trading
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ ।
मन्त्रालयले काम सुरु गरेसँगै अत्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन आग्रह गरेको छ । मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरूपमा केही परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री वर्षमान पुनले शुक्रबार सहसचिव धनिराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए ।