हातवे इन्भेष्टमेन्ट नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Author
NEPSE TRADING

हातवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (भदौ १२) अन्तिम दिन रहेको छ। कम्पनीले भोलि भदौ १३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा नाम लेखाएका शेयरधनीले मात्रै आगामी लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले लाभांश प्रस्ताव पारित गर्न १७औं वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा भदौ २५ गते बिहान १० बजे काठमाडौंको आम्रपाली ब्यांक्वेट, बालुवाटारमा बस्नेछ।
साधारणसभाले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, सभाले गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने, समूह ‘क’ का तर्फबाट ४ जना सञ्चालक निर्वाचित गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने कार्य अनुमोदन गर्नेछ।
साथै, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।