·

अमेरिकी डलर घट्यो, युरो र पाउन्ड स्ट्रलिङ महँगियो

Author

Nepse trading

अमेरिकी डलर घट्यो, युरो र पाउन्ड स्ट्रलिङ महँगियो

अमेरिकी डलर घट्यो, युरो र पाउन्ड स्ट्रलिङ महँगियो

काठमाडौं। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। नयाँ दरअनुसार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर र क्यानेडियन डलरको मूल्यमा वृद्धि भएको छ।

अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३८ रुपैयाँ २४ पैसा तोकिएको छ। युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९९ पैसा छ भने युके पाउन्ड स्ट्रलिङको खरिददर १७० रुपैयाँ ९४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६८ पैसा कायम भएको छ।

यता, स्विस फ्र्याङ्क, साउदी अरेबियन रियाल, कतारी रियाल, र युएई दिरामको मूल्यमा कमी आएको राष्ट्र बैङ्कले जनाएको छ। जापानी येन १० को खरिददर ८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८ रुपैयाँ ८६ पैसा तथा चिनियाँ युआनको खरिददर १९ रुपैयाँ र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा रहेको छ।

राष्ट्र बैङ्कले विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। अद्यावधिक दर नेपाल राष्ट्र बैङ्कको वेबसाइटमा उपलब्ध हुने जानकारी पनि बैङ्कले गराएको छ।

Related News