अमेरिकी डलरको मूल्य बढ्यो, राष्ट्र बैंकले नयाँ विनिमयदर सार्वजनिक
Author
Nepse trading

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलरको मूल्य बढेर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा पुगेको छ। यस्तै, युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्यांक, अष्ट्रेलियन डलर, जापानी येन, र चिनियाँ युआनलगायत अन्य प्रमुख विदेशी मुद्राको मूल्य पनि अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ।
राष्ट्र बैंकका अनुसार उच्च मूल्य भएका मुद्राहरूमा कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ १३ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ ०७ पैसा छ। यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ। केन्द्रीय बैंकले निर्धारण गरेको विनिमयदर आवश्यकता अनुसार जुनसुकै बेला परिमार्जन गर्न सकिने जनाएको छ।