विजय लघुवित्तको एफपीओमा आजदेखि आवेदन खुला
Author
NEPSE TRADING

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले आज (पुस २१ गते) देखि थप सार्वजनिक निष्काशन (एफपीओ) का लागि आवेदन खुला गरेको छ। मर्जपश्चात संस्थापक र सर्वसाधारण समूहबीचको शेयर स्वामित्व ७०ः३० कायम गर्न लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो। हाल चुक्ता पूँजी ७४ करोड ५० लाख रुपैयाँ पुगेको यस संस्थाको शेयर स्वामित्व ७४.३९ः२५.६१ रहेकाले सो अनुपात समायोजनका लागि ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर सार्वजनिक गर्न लागिएको हो। एफपीओको आवेदन छिटोमा पुस २४ गते र ढिलोमा माघ ५ गतेसम्म दिन सकिनेछ। सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्तासम्म आवेदन दिन सक्नेछन्। इक्रा नेपालबाट प्राप्त इश्यूअर रेटिङ्ग बी एटदरेटले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम संकेत गरेको छ। एफपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड को ‘मेरो शेयर’ अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।



