·

विजय लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न, ४६ हजार ६८१ लगानीकर्ताले पाए १०–१० कित्ता

Author

NEPSE TRADING

विजय लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न, ४६ हजार ६८१ लगानीकर्ताले पाए १०–१० कित्ता

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड ले पुस २१ गतेदेखि पुस २४ गतेसम्म निष्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) को बाँडफाँट आज बिहान सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनएमवि क्यापिटल का अनुसार एफपीओमा सहभागी ४६ हजार ६ सय ८१ जना लगानीकर्ताले १०–१० कित्ता शेयर प्राप्त गरेका छन् भने तीमध्ये ७ जनाले थप १–१ कित्ता शेयरसमेत पाएका छन्।

लगानीकर्ताले एफपीओको नतिजा बिक्री प्रबन्धक एनएमवि क्यापिटल, मेरोसेयर एकाउन्ट तथा सीडीएस एन्ड क्लियरिङ ले सञ्चालन गरेको वेबसाइटमार्फत हेर्न सक्नेछन्। यसका साथै कम्पनीको आधिकारिक वेबसाइटबाट पनि नतिजा सार्वजनिक गरिएको छ।

एफपीओअन्तर्गत लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर निष्काशन गरेको थियो। यसबाट संस्थाले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्य राखेको थियो।

संस्थापक र सर्वसाधारण शेयरधनीबीचको स्वामित्व अनुपात ७०ः३० कायम गर्न उद्देश्यले लघुवित्तले एफपीओ निष्काशन गरेको हो। यसअघि सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्तबीच मर्जर सम्पन्न भएपछि संस्थाको चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको थियो।

मर्जरपछि संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व अनुपात ७४.३९ः२५.६१ प्रतिशत कायम भएकाले उक्त असन्तुलन समायोजन गर्न थप साधारण शेयर निष्काशन गरिएको लघुवित्तले जनाएको छ। एफपीओ बाँडफाँटसँगै संस्थापक–सर्वसाधारण स्वामित्व संरचना नियामकीय मापदण्डअनुसार सन्तुलित हुने अपेक्षा गरिएको छ।

Related News