·

पुँजी बजार सुधारका लागि धितोपत्र बोर्ड, नेप्से र सीडीएसले के–के दिए सुझाव ?

Author

NEPSE trading

पुँजी बजार सुधारका लागि धितोपत्र बोर्ड, नेप्से र सीडीएसले के–के दिए सुझाव ?

२०८१–८२ को बजेट जेठ १५ गते संसदमा प्रस्तुत गर्दैछ। अहिले अर्थ मन्त्रालयमा बजेट लेखनको काम भइरहेको छ। सरकारले गएको मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरिसकेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। यसै आधारमा जेठ १५ गते बजेट संसदमा पेश गरिनेछ।

अहिले अर्थ मन्त्रालयले विभिन्न सरोकारवाला निकायहरुबाट सुझावहरु संकलन गरिरहेको छ। पुँजी बजारका नियामक निकायहरुले पनि बजेटका लागि आफ्ना सुझावहरु दिएका छन्।

विगतका वर्षहरुमा पुँजी बजारका थोरै मात्र सुझावहरु बजेटमा समावेश हुँदै आएका छन्। कतिपय प्राथमिकतामा परेका विषयहरु लामो समयसम्म कार्यान्वयनमा आउन सकेका छैनन्।

नेपाल धितोपत्र बोर्डले पुँजी बजारको विकास र विस्तारका लागि सुझाव दिएको छ। बोर्डले स्टक एक्सचेन्ज र सीडीएससीको पुनर्संरचना गर्न सुझाव दिएको छ।

सीडीएससीले पुँजीगत लाभकर अन्तिम कर कायम गर्न र मर्जर प्रक्रियापछि कर छुट कायम गर्न सुझाव दिएको छ। नेप्सेले आफ्नो पुनर्संरचना र आइपीओ जारी गर्न सुझाव दिएको छ।

Related News