NIFRA को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण कस्तो ?
Author
Dipesh Ghimire
नेपाल इन्फ्रास्ट्रक्चर बैंक NIFRA ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । कस्तो छ त वित्तीय विवरण ?
खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घट्यो ।
पहिलो ९ महिनासम्ममा बैंकले ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा ।
खुद ब्याज आम्दानी : २.५७ प्रतिशतले घट्यो ।
खुद फि तथा कमिशन आम्दानी : ६३.२८ प्रतिशत घट्यो ।
कुल सञ्चालन आम्दानी : ३.०९ प्रतिशतले घट्यो ।
सञ्चालन मुनाफा १४.९९ प्रतिशत घट्यो ।
वितरणयोग्य मुनाफा : ४७ करोड ८८ लाख रुपैयाँ ।
प्रतिशेयर वितरणयोग्य मुनाफा : २ रुपैयाँ ९६ पैसा ।
प्रतिशेयर आम्दानी : ६ रुपैयाँ ९ पैसा ।
मूल्य आम्दानी अनुपात : ३४.४६ गुणा
प्रतिशेयर नेटवर्थ : ११० रुपैयाँ ६५ पैसा
चुक्ता पूँजी : २१ अर्ब ६० करोड रुपैयाँ ।
जगेडा कोष सञ्चित : २ अर्ब १ करोड रुपैयाँ ।
निक्षेप : २४.३७ प्रतिशत बढ्यो ।
कर्जा : ७.२५ प्रतिशतले घट्यो ।