NEPSE trading

NEPSE trading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

[email protected]

Market

StocksSectors

Company

About UsTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Hot News

    Stay informed and invest with latest NEPSE news and analysis.


    • नीति तथा कार्यक्रममा : पूँजी बजार
      Hot

      <1 min read

      नीति तथा कार्यक्रममा : पूँजी बजार

      सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका छन् । जसमा पूंजी बजारलाई समेत प्राथकिता दिइएको छ । कार्यक्रममा पूंजी बजारको विकासको लागि विशेष जोड दिने घोषणा गरिएको छ । त्यस्तै लघुवित्तको क्षेत्रमा देखिएको समस्या सम्वोधन गर्न लघुवित्तका ऋणहरुको पुनर्तालिकीकरण गर्ने घोषणा पनि गरेका छन् । जसले लघुवित्त कम्पनीको शेयर मूल्यमा समेत प्रभाव पार्नसक्ने विश्लेषण भएको छ ।

      NEPSE trading

      ·

      14 May, 2024

    • बन्द उद्योग चलाउने सरकारको पुरानै नीति
      Hot

      <1 min read

      बन्द उद्योग चलाउने सरकारको पुरानै नीति

      सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१-८२ मा समेत बन्द उद्योग चलाउने नीति ल्याएको छ । संसद्को संयुक्त बैठकमा पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बन्द उद्योग चलाइने बताएका हुन् । निजी क्षेत्र प्रतिस्पर्धी भएका गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना र हेटौँडा कपडा उद्योगलाई सम्भाव्यताका आधारमा सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

      NEPSE trading

      ·

      14 May, 2024

    • अर्थतन्त्र प्रति लचक भयो सरकार
      Hot

      1 min read

      अर्थतन्त्र प्रति लचक भयो सरकार

      कर प्रणालीमा सुधार गर्दै राजस्व प्रशासनको दक्षता बढाइने सरकारले घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कर प्रणाली सुधार गर्ने बताएका हुन । वित्तीय क्षेत्रलाई प्रतिस्पर्धी बनाइने बताउँदै लघुवित्त तथा सहकारीमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा प्राप्त सुझाव क्रमशः कार्यान्वयन गरिने बताएका छन् ।

      NEPSE trading

      ·

      14 May, 2024

    • १ हजार युवालाई ‘स्टार्टअप बिजनेस’ कर्जा
      Hot

      <1 min read

      १ हजार युवालाई ‘स्टार्टअप बिजनेस’ कर्जा

      सरकारले आगामी आर्थिक वर्षमा १ हजार युवालाई ‘स्टार्टअप बिजनेस’ सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नवप्रवर्तन गर्न प्राज्ञिक क्षेत्र र निजी क्षेत्रसँग सहकार्य गरिने बताए । उनले आगामी आवमा १ हजार साना उद्यमीलाई सरकारले सहयोग गर्ने घोषणा गरे ।

      NEPSE trading

      ·

      14 May, 2024

    • एआईबाट हेर्दा नेप्से सूचक मंगलबार कस्तो देखियो ?
      Hot

      1 min read

      एआईबाट हेर्दा नेप्से सूचक मंगलबार कस्तो देखियो ?

      नेपाली शेयर बजारको मुख्य सुचक नेप्सेले फागुनको अन्त्य देखि विश्लेषण गर्दा सोमबार नै बाई दिएको थियो । तर मंगलबारको बजारमा भने झन २ हजार आठ को विन्दु पार गरेको छ । त्यहि कारणले नेप्सेले मंगलबार अझ स्ट्रोङ बाई दिएको देख्न सकिन्छ । नेप्से सुचकले २ हजार आठ को विन्दु पार गरे मात्र लगानीकर्ताले किन्नु पर्छ भनेर फिबोनाचीले बताएको कुरा हामिले यस अघि आइतवार कै बजार बन्द भए पछि बताएका थियौ । जुन मंगलबारको बजार ले तोडेको छ । २ हजार आठ पछिको दोस्रो टार्गेट २ हजार १ सय ११ रहेको देखिन्छ । त्यो विन्दु पनि यदि नेप्सेले पार गर्छ भने तेस्रो टार्गेट २ हजार २१४ रहेको देखिन्छ । त्यस्तै नेप्से सुचकको चौथो टार्गेट भने २ हजार ३ सय ८१ रहेको छ जुन यो चाटमा समेत देखिन्छ ।

      NEPSE trading

      ·

      14 May, 2024

    • सरकारको आम्दानीभन्दा खर्च १० महिनामा झन्डै २ खर्ब बढी
      Hot

      <1 min read

      सरकारको आम्दानीभन्दा खर्च १० महिनामा झन्डै २ खर्ब बढी

      चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को १० महिना सकिँदा सरकारको आम्दानीको तुलनामा खर्च झन्डै २ खर्ब बढी देखिएको छ । जसले गर्दा खर्च चलाउन सरकारले ऋणमा भर पर्नुपरेको देखिन्छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारको आम्दानी ८ खर्ब ५७ अर्ब हुँदा खर्च १० खर्ब ५६ अर्ब पुगेको छ । तथ्यांक अनुसार आम्दानीभन्दा खर्च १ खर्ब ९९ अर्बले धेरै देखिन्छ ।

      NEPSE trading

      ·

      14 May, 2024

    • AI बाट हेर्दा NEPSE सूचकले किन्न सुझाव दियो, Banking SubIndex कस्तो देखियो ?
      Hot

      1 min read

      AI बाट हेर्दा NEPSE सूचकले किन्न सुझाव दियो, Banking SubIndex कस्तो देखियो ?

      नेपाली शेयर बजारको मुख्य सुचक नेप्सेले सोमबारको बजार पछि बाई दिएको देखिन्छ । हामिले एआई को माध्यमबाट फागुन ३० पछिको बजार हेर्दा नेप्सेले बाई दिएको हो । नेप्से सुचकले १ हजार ९ सय ९२ विन्दु पार गरेको छ । जसलाई प्राविधिक विश्लेषण गर्दा बाई दिएको हो । अब लगानीकर्ताले किन्नु पर्छ भनेर फिबोनाचीले बताएको छ । त्यसपछिको पहिलो टार्गेट भने २ हजार ५७ रहेको देखिन्छ । त्यो विन्दु पनि यदि नेप्सेले पार गर्छ भने दोस्रो टार्गेट २ हजार १२३ रहेको देखिन्छ । त्यस्तै नेप्से सुचकको तेस्रो टार्गेट भने २ हजार २ सय ३० रहेको छ जुन यो चाटमा समेत देखिन्छ ।

      NEPSE trading

      ·

      13 May, 2024

    • घट्यो बैंकको ब्याजदर, २ बैंकले भने बढाए
      Hot

      1 min read

      घट्यो बैंकको ब्याजदर, २ बैंकले भने बढाए

      वाणिज्य बैंकहरुले जेठ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । जस अनुसार १९ वाणिज्य बैंकहरुमध्ये ९ बैंकहरुले वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार वैशाख महिनाको तुलनामा औसदमा सामान्य घटेको देखिन्छ ।

      NEPSE trading

      ·

      13 May, 2024

    • क्रिप्टो र सट्टेबाजीबाट २४ वर्षका युवाले कमाए २ अर्ब १ करोड
      Hot

      1 min read

      क्रिप्टो र सट्टेबाजीबाट २४ वर्षका युवाले कमाए २ अर्ब १ करोड

      अनलाइन ब्याटिङ सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्दै आएका काभ्रेका अनिल ढुंगाना पक्राउ परेका छन् । उनी मात्र २४ वर्षका छन् । उनले यस्तोबाट २ अर्ब १ करोडको कारोबार समेत गरेका छन् । उनले ११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको खुलेको छ । NEPSE trading

      NEPSE trading

      ·

      13 May, 2024

    • AI बाट हेर्दा NEPSE Index र Non Life Insurance  कस्तो देखियो ?
      Hot

      1 min read

      AI बाट हेर्दा NEPSE Index र Non Life Insurance कस्तो देखियो ?

      नेपाली शेयर बजार सुचक नेप्से तिब्र उतारचढावकाबिच साताको पहिलो दिन बढेको छ । आज हामी यहाँहरुलाई आइतबारको बजारले कस्तो रुप बनायो र आगामी दिनमा लगानीकर्ताले कस्तो रणनीति बनाउने भन्ने विषयमा Artificial intelligence -AI को माध्यामबाट बनेको चाटको विश्लेषण गर्ने छौ ।

      Dipesh Ghimire

      ·

      12 May, 2024

    • नेप्सेले दिएको पीडा, साताभर कस्तो देखियो बजार ?
      Hot

      <1 min read

      नेप्सेले दिएको पीडा, साताभर कस्तो देखियो बजार ?

      नेप्से परिसूचक साढे १ प्रतिशत घटेर बन्द गत साताको अन्तिम कारोबार दिन १९९८.९६ विन्दुमा बन्द भएको नेप्से, यस साता १.६८ प्रतिशत अर्थात ३२.७३ अंक घटेर १९६६.२३ विन्दुमा झरेको छ । ५ कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से सामान्य अंक बढेर बन्द भएको थियो भने बाँकी ३ कारोबार दिन घटेर बन्द भएको थियो । दैनिक औषतमा २ अर्ब ९० करोडको शेयर कारोबार कुल बजार पूँजीकरण पनि साढे १ प्रतिशत घटेर ३१ खर्ब ६९ अर्ब रुपैयाँ पुग्यो ।

      Dipesh Ghimire

      ·

      11 May, 2024

    • शेयर लगानीकर्ताले होटल तथा पर्यटनमुलक क्षेत्रमा किन राखे चासो ?
      Hot

      1 min read

      शेयर लगानीकर्ताले होटल तथा पर्यटनमुलक क्षेत्रमा किन राखे चासो ?

      शेयर लगानीकर्ताले होटल तथा पर्यटनमुलक क्षेत्रमा किन राखे चासो ? नेपाली शेयर बजारमा केही पहिला जलविद्युत क्षेत्रमा रहेको लगानीकर्ताको आकर्षण पछिल्ला दिनहरुमा फाइनान्स, लघुवित्त र विकास बैंकमा देखिएको छ । बिहीबार ती सबैबाट लगानीकर्ताको प्रवेश होटल तथा पर्यटनमुलक क्षेत्रमा पुगेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पर्यटकीय क्षेत्रमा आएको सुधारले अधिकांशहोटलको कमाई र खुद नाफा बढेपछि सो क्षेत्रका कम्पनीमा लगानीकर्ताले लगानी ‘सिफ्ट’ गरेका हुन् । बीमा र वाणिज्य बैंकको कमाई पछिल्ला वर्षमा घट्दो क्रममा रहेको र उच्च पुँजी भएका कारण ती क्षेत्रमा भने लगानीकर्ताको प्रवेश हुन सकेको छैन । विशेषत न्यून पुँजी भएका ‘लो क्याप’ र सेयर बजारमा थोरै आपूर्ति भएका कम्पनीको कारोबारमा लगानीकर्ताको ध्यान रहेको देखिन्छ । जुन जुन क्षेत्रका कम्पनीमा कारोबार बढ्ने गर्दछ स्वभावले नै लगानीकर्ताको खरिद चाप पनि सोही क्षेत्रका कम्पनीतर्फ डोरिएको पाइन्छ । यद्यपी पछिल्ला दिनमा नेप्से बढ्ने स्पष्ट आधार लगानीकर्ताले नदेख्दा छोटो समयमा नै नाफा सुरक्षित गर्ने क्रममले सेयर बजारलाई अस्थिर बनाएको छ । यस्तै थोरै पुँजी भएका कम्पनीमा खेल्ने प्रयास कारोबारीबाट हसने गरेका छन् । सोही कारण लगानीकर्ताले आफूले लगानी गर्ने स्क्रिप्टको वित्तीय अवस्था, संस्थागत सुशासन, नाफा नोक्सान, क्रमगत प्रगति, मूल्य आम्दानी अनुपात र भविष्यमा गर्नसक्ने प्रगतिलाई समेत विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने हुन्छ । बिहीबार ५.६३ अंकले बढेर नेप्से १९६६.२३ बिन्दुमा पुगेको छ ।

      Dipesh Ghimire

      ·

      9 May, 2024

    • बजेटको विषयमा के भन्छ निजी क्षेत्र ?
      Hot

      1 min read

      बजेटको विषयमा के भन्छ निजी क्षेत्र ?

      नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको पूर्व–बजेट छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवाल ले के भने ? चन्द्रप्रसाद ढकाल, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ नियामक र निगरानी गर्ने संस्था धेरै भए । यसले निजी क्षेत्रलाई समस्यामा पारेको छ । धेरै वटा निकायबाट नियमन अनुगमन हुँदा समस्या छ । बैंक तथा वित्तीय संस्थाले धेरै पैसा कमाए भन्ने भाष्य बनेको छ । तर अहिले धेरै बैंक तथा वित्तीय संस्था समस्यामा छन् । उनीहरूका लागि केही विशेष व्यवस्था आवश्यक छ त्यस्तै बैंक तथा वित्तीय संस्थाको मर्जर र प्राप्तिमा लगाएको करले गलत सन्देश गएको छ । कमलेशकुमार अग्रवाल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्श अहिले उत्पादन र निर्माण क्षेत्रमा नकारात्मक वृद्धिदर दर देखिएकामा राष्ट्रिय पुँजी निर्माणमा समस्या हुन्छ । बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने व्यवसायीको संख्या बढिरहेको छ । कोभिडपछि सरकारले लिएका संकुचित वित्त र मौद्रिक नीतिका कारणले अर्थतन्त्रमा शिथिलता आएको छ । चालू आर्थिक वर्षमा तीन दशमलव तीन प्रतिशतको आर्थिक वृद्धिदर प्रक्षेपण गरिएकामा आर्थिक शिथिलताको अन्त्य गर्न निजी क्षेत्रलाई नीतिगत संरक्षण सरकारले गर्नुपर्ने छ । आर्थिक मन्दीका कारण निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशतसम्म ह्रासकट्टी भएको छ । करका दर मात्र बढाएर राजस्व बढ्दैन । चोरी पैठारी रोकिनुपर्छ । सरकारको राजस्व बढाउन निजी क्षेत्रलाई प्रताडित नबनाइयोस । आयकर ऐन संशोधन गर्नुपर्ने आवश्यकता समेत देखिएको छ ।

      Dipesh Ghimire

      ·

      9 May, 2024

    • ताजसँग चौधरी ग्रुपको नयाँ साझेदारी, ‘एक्यम’ नामक संयुक्त भेन्चरको सुरुवात
      Hot

      2 min read

      ताजसँग चौधरी ग्रुपको नयाँ साझेदारी, ‘एक्यम’ नामक संयुक्त भेन्चरको सुरुवात

      चौधरी ग्रुपले नेपालको हस्पिटालीटी उद्योगलाई थप उचाइ दिन विश्वप्रसिद्ध ताज ग्रुपसँग मिलेर ‘एक्यम’ नामको संयुक्त भेन्चरको सुरुवात गरेको छ । सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले बुधबार मुम्बईमा भव्य कार्यक्रमकाबीच ताजसँगको बृहत साझेदारीमा हस्ताक्षर गरेका हुन् । ताज ग्रुपसँग मिलेर नेपालमा अहिले तीन वटा होटल सञ्चालनमा छन ्भने थप तीन वटा होटललाई पनि ताजमा रुपान्तरण गर्ने गरी निर्माणको कार्य भइरहेको छ । ताज ग्रुपसँगको सहकार्यले नेपालको पर्यटन क्षेत्रलाई बढावा दिन सहयोग पुग्नेचौधरी ग्रुपको विश्वास छ । काठमाडौंको भिभान्ता, भरतपुरमा रहेको मेघौली सेराइ र भरतपुरमा रहेको भिभान्तालाई मात्र नभएर नेपाललाई प्रमुख पर्यटकीय गन्तब्यकै रुपमा विश्वभर ताजको सञ्जालबाट प्रचार गर्ने कुरामा पनि सहमति भएको छ । ‘एक्यम’ प्लेटफर्मबाट नेपालको समग्र पर्यटन क्षेत्रले लाभ लिनेवातावरण बनेको छ । हिमालयन बेल्ट र इण्डियन ओसनमा यसअघिदेखि नै ताज ग्रुपसँग चौधरी ग्रुपको लामो सहकार्यको इतिहास छ । चौधरी ग्रुपले पछिल्ला दिनमा भारतका ठूला ठूला कम्पनीसँग मिलेर नेपालको वृहत आर्थिक गतिविधिमा केन्द्रीत हुँदै आएको छ । जसको पछिल्लो उदाहरण, नेपालमै हिरोको एसेम्ब्ली प्लान्ट स्थापना भएको कामबाट प्रष्ट हुन्छ । केहि समय अघि अडानीसँग मिलेर नेपाली उत्पादन र नेपाली सिमेन्टलाई उत्तर प्रदेश र बिहार राज्यमा निर्यातको कामको सुरुवात भइसकेको छ । यो कार्यलाई निरन्तरता दिँदै आइएकोछ । ‘हामी भारतको प्रख्यात टाटा ग्रुपसँग दशकौंदेखि सहकार्य गर्दै आएका छौं । आगामी दिनमा थप विश्वविख्यात लगानीकर्ताहरुसँग सहकार्य गरेर नेपालमा लगानी भित्राउनेछौं । यसले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिनेहाम्रो विश्वास छ,’ सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले भन्नुभयो, ‘ताजजस्तो विश्वप्रसिद्ध समूहसँग सहकार्य नेपालकै लागि निकै महत्वपूर्ण छ ।’ विश्वव्यापी स्थापित ताजसँगको सहकार्यले नेपालकोहस्पिटालिटी क्षेत्रमा ठूलो योगदान पुगेको प्रबन्ध निर्देशक चौधरीले बताउनुभयो । ‘नेपालको पर्यटन क्षेत्र र हस्पिटालिटीमा यसले विश्वव्यापीरुपमै राम्रो सन्देश जानेछ । हामी यो समूहसँग मिलेर काम गर्दैछौं । यसको फाइदा नेपाल र नेपालीलाई पुग्ने हाम्रो विश्वास छ,’ उहाँले भन्नुभयो । चौधरी ग्रुपलेभारतकोचर्चित ब्राण्ड गोदरेज, इफ्को र केन्टसँग पनि सहकार्य गर्दै आएको छ ।

      Dipesh Ghimire

      ·

      9 May, 2024

    • मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन
      Hot

      1 min read

      मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन

      नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन गरेको छ । कार्यविधि संशोधन गर्दै मौद्रिक नीति समीक्षा त्रैमास सकिएको ४५ दिनपछि मात्रै सार्वजनिक गरिने भएको छ ।मौद्रिक नीति तथा समीक्षा सार्वजनिक गर्ने समय व्यावहारिक बनाउन कार्यविधि संशोधन भएको राष्ट्र बैंकले जनाएको छ । चैत मसान्तसम्मको आर्थिक तथा वित्तीय क्षेत्रको तथ्यांक संकलन भइरहेकाले जेठ पहिलो सातासम्म मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने गरी तयारी भैरहेको छ । चैतसम्मको तथ्यांक विश्लेषण गरेर मौद्रिक नीति तर्जुमा मस्यौदा तयार हुने र त्यसमा व्यवस्थापन समिति र सञ्चालक समितिको छलफलपछि सार्वजनिक हुने छ । अहिले उपलब्ध तथ्यांक विश्लेषण लगायत काम अगाडि बढीरहेको छ । मौद्रिक नीति तर्जुमा कार्याविधि अनुसार १५ जेठभित्र अर्को आर्थिक वर्षको वार्षिक मौद्रिक नीति तर्जुमा गर्ने प्रक्रिया सुरु हुने छ । १५ साउनभित्र नयाँ मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने र १५ जेठमा वित्त नीति आउने भएकाले तेस्रो त्रैमासिक समीक्षा मार्फत मौद्रिक नीतिमा ठूलो परिवर्तन हुने छैन् ।

      Dipesh Ghimire

      ·

      9 May, 2024

    • अर्थमन्त्री वर्षमान पुनले कस्तो ल्याउने बजेट कस्तो ?
      Hot

      1 min read

      अर्थमन्त्री वर्षमान पुनले कस्तो ल्याउने बजेट कस्तो ?

      अर्थमन्त्री वर्षमान पुनले कस्तो ल्याउने बजेट कस्तो ? नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार आयोजना गरेको प्रि–बजेट छलफलमा अर्थमन्त्री वर्षमान पुनले बजेटको विषय र निजीक्षेत्रको विषयमा राखेको धारण : निजी क्षेत्रको घटेको मनोबल उठाउने सवालमा बजेटले विशेष ध्यान दिने छ । निजी क्षेत्रलाई तर्साउने नभई परिवार, सम्पत्ति र व्यवसायको सुरक्षालाई प्राथमिकतामा राखिने छ । उद्योगी, व्यवसायी जोसुकैमाथि प्रश्न उठेकै आधारमा अपराधी ठान्ने परम्परा अनुचित हो । निजी क्षेत्रको मनोबल उठ्न नसक्नुका कारण खोजेर सरकारले सहजीकरण गर्ने छ । आगामी बजेटले औद्योगिक वातावरण बनाउन भूमिका खेल्नेछ । आव २०८१।८२ को बजेटले महत्वपूर्ण सुधारको काम अघि बढाउने र बजेट निर्माणका क्रममा धेरै क्षेत्रसँग छलफल गरिसकेको छु । सबै क्षेत्रबाट अर्थतन्त्र शिथिल छ भन्ने गुनाासो धेरै सुनियो तर गत वर्षभन्दा अर्थतन्त्र सुधारातम्क रहेकाले आशावादी भएरै बजेट बनाइरहेका छौं । बजेट बनाउँदा मन्त्रालयहरुले सिलिङ बढाउन दबाब आइरहेको छ । वित्तीय र मौद्रिक नीतिबीच तालमेल गराउँछु । अर्थमन्त्री र गभर्नर टाढै बसेर प्रतिस्पर्धा गर्ने विषय नरहेको र सबैको लक्ष्य मुलुकको विकास हुनुपर्ने आफ्नो धारणा छ । युवामा भरोसा जगाउने प्रयासमा आफ्नो जोड हुने छ । कसैको प्रभावमा नपरी पुस्ट्याइँसहित नीतिहरू परिवर्तन गरिने छ । खर्च गर्न नसकिएको अवस्था सुधार गर्दै आगामी आवमा निजी क्षेत्रको स्रोत परिचालनलाई प्राथमिकता दिइने छ । NEPSE trading

      Dipesh Ghimire

      ·

      9 May, 2024

    • १८ कम्पनीको आईपीओ निष्कासन रोकियो
      Hot

      1 min read

      १८ कम्पनीको आईपीओ निष्कासन रोकियो

      प्राथमिक शेयर निष्कासन (आईपीओ) निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ । नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदैदेखि रोकिएको शेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष नियुक्त नहुँदा अहिलेसम्म रोकिएको हो । आईपीओका लागि अनुमति मागेका १८ कम्पनीसमेतको शेयर निष्कासन प्रक्रिया रोकिएको हो । गएको आर्थिक वर्षमा २९ वटा जलविद्युत् कम्पनीका आईपीओ जारी भएका थिए । तर चालु आर्थिक वर्षमा भिजन लुम्बिनी ऊर्जा कम्पनीबाहेक अरू कुनै पनि जलविद्युत् कम्पनीको आईपीओ निष्कासन भएको छैन । जलविद्युत् आयोजनाले ६० प्रतिशत निर्माण पूरा भएपछि आईपीओ जारी गर्ने अनुमति पाउने व्यवस्था छ ।

      Dipesh Ghimire

      ·

      7 May, 2024

    • नेपाललाई विश्व बैंकले दियो ८० मिलियन डलर
      Hot

      <1 min read

      नेपाललाई विश्व बैंकले दियो ८० मिलियन डलर

      विश्व बैंकले नेपालका लागि ८० मिलियन डलर भन्दा धेरैको ऋण सम्झौता स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी बोर्ड बैठकले नेपालका लागि ८० मिलियन डलर अर्थात् १० अर्ब ६८ करोड ९१ लाख रुपैयाँ बराबरको ऋण स्वीकृत गरेको हो । यो ऋण नेपालको आर्थिक क्षेत्रको स्थायित्व, विविधीकरण, वित्तीय समाधान र वित्तीय सेवाहरूमा पहुँच बढाउन खर्च हुनेछ । सहायताले नेपालको बैंकिङ र बीमा क्षेत्रको सुपरिवेक्षणलाई सुदृढ पार्ने र पुँजी, बीमा र विपद् जोखिममा नयाँ वित्तीय उत्पादनको आविष्कारलाई बढावा दिने विश्व बैंकले जनाएको छ ।

      Dipesh Ghimire

      ·

      7 May, 2024

    • बजेट अधिवेशनको तयारी पूरा : के—के हुन्छ संसदमा ?
      Hot

      1 min read

      बजेट अधिवेशनको तयारी पूरा : के—के हुन्छ संसदमा ?

      नेप्से ट्रेडिङ, वैशाख २८ गते सुरु हुने बजेट अधिवेशनको तयारी पूरा भएको छ । संसद् सचिवालयका अनुसार सचिवालयले अधिवेशनका लागि गर्नुपर्ने आन्तरिक व्यवस्थापन र तयारीका सबै काम पूरा गरेको छ । अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनका साथै आर्थिक, विनियोजन र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुने छ । सरकारले प्रत्येक वर्ष जेठ १५ गते वार्षिक आयव्ययको अनुमानित विवरण प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरेका छन् । विगतमा ‘प्रि–बजेट’ छलफल हुने गरेकामा यस वर्ष बजेटका प्राथमिकता र सिद्धान्तमा हिउँदे अधिवेशनमा नै त्यो कार्य पूरा भइसकेको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले जनताले बचत गरेको रकम विभिन्न सहकारीले हिनामिना गरेकालगायत विषयमा छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै लामो समयसम्म संसद् अवरोध गरेपछि संसद्को हिउँदे अधिवेशन अन्त्य भएको थियो । बजेट अधिवेशन समेत अवरोध गर्ने कांग्रेसले चेतावनी दिदै आएको छ । NEPSEtrading

      Dipesh Ghimire

      ·

      7 May, 2024

    • १० प्रतिशतले घट्यो ब्रोकर कमिसन, अव कती तिर्नु पर्छ ?
      Hot

      <1 min read

      १० प्रतिशतले घट्यो ब्रोकर कमिसन, अव कती तिर्नु पर्छ ?

      १० प्रतिशतले घट्यो ब्रोकर कमिसन, अव कती तिर्नु पर्छ ? शेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिसन घटेको छ । धितोपत्र बोर्डको बोर्ड बैठकले ब्रोकर कमिसन साविकको दरभन्दा १० प्रतिशतले घटाउने निर्णय गरेको हो । यद्यपि सबै सञ्चालकको हस्ताक्षर बाँकी भएकोले यसलाई आधिकारिक रुपमा सार्वजनिक गर्न भने बाँकी छ । जेठपछि ५० हजारसम्मको कारोबारका लागि ०‍३६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०‍३३ प्रतिशत, ५ लाख भन्दा माथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०‍३१ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०‍२७ प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०‍२४ प्रतिशत शुल्क लाग्नेछ ।

      Dipesh Ghimire

      ·

      7 May, 2024