·
प्रभु महालक्ष्मी लाइफको ४% बोनस शेयर हितग्राही खातामा जम्मा
Author
NEPSE TRADING

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत ४ प्रतिशत बोनस शेयर आफ्ना शेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको जनाएको छ। कम्पनीको नवौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमार्फत अभौतिक रूपमा कारोबार हुने गरी व्यवस्था मिलाइएको छ।कम्पनीका अनुसार मिति २०८२ पुस २१ गतेसम्म कायम रहेका शेयरधनीहरूको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको हो। धितो राखेर कर्जा लिएका शेयरधनीहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का राखी बोनस शेयर जम्मा गरिएको छ।कर्जा चुक्ता भइसकेका शेयरधनीहरूले आफ्नो बोनस शेयर फुकुवा गर्न सम्बन्धित बैंक वा वित्तीय संस्थामा सम्पर्क गर्नुपर्ने कम्पनीले जनाएको छ। साथै, तोकिएको मितिपछि धितो राखिएका शेयरधनीहरूको बोनस शेयर भने प्रत्यक्ष रूपमा खातामा जम्मा हुने व्यवस्था गरिएको छ।कम्पनीले अझैसम्म शेयर अभौतिक (डिम्याट) नगरेका शेयरधनीहरूलाई यथाशीघ्र डिम्याट प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको कम्पनीले जनाएको छ।



