·
सानिगाड हाइड्रोको स्थानीय आईपीओमा आवेदन म्याद थप, वैशाख ७ सम्म दिन पाइने
Author
NEPSE TRADING

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेड ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। अब उक्त आईपीओमा २०८३ वैशाख ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।कम्पनीले जारी पूँजीको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने स्वीकृति पाएकोमा पहिलो चरणमा २८ लाख ५० हजार कित्ता सेयर स्थानीयका लागि खुला गरिएको हो। तीमध्ये बझाङको बुंगल नगरपालिका वडा नं. १, २ र ४ का अति प्रभावित क्षेत्रका बासिन्दालाई ठूलो हिस्सा छुट्याइएको छ भने बाँकी सेयर अन्य वडाका बासिन्दामा वितरण गरिनेछ।प्रति सेयर १०० रुपैयाँ दर रहेको उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। कम्पनीलाई ICRA Nepal ले ‘डबल बी माइनस’ रेटिङ दिएको छ, जसले मध्यम जोखिम संकेत गर्दछ।कम्पनीको ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको लागत करिब ८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ। आयोजना सञ्चालन अनुमतिपत्र अझै २५ वर्षभन्दा बढी अवधि बाँकी रहेको छ।आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक Laxmi Sunrise Capital Limited रहेको छ। स्थानीय बासिन्दाले तोकिएका बैंक तथा शाखाबाट आवेदन दिन सक्नेछन् भने फाराम लिन २ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।




