·
श्री डिष्टिलरी लिमिटेडले असार ११ गते आइपीओ प्रस्तावको लागि विशेष साधारण सभा बोलायो
Author
NEPSE trading

श्री डिष्टिलरी लिमिटेडले आइपीओ प्रस्ताव सहित असार ११ गते विशेष साधारण सभा बोलाएको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बबरमहल काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ।
सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ। सोको लागि कम्पनीले आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।




