NEPSE trading

NEPSE trading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

[email protected]

Market

StocksSectors

Company

About UsTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Middle East War Signals Potential Impact on India’s Energy Supply
    Published on March 4, 2026·

    2 min read

    मध्यपूर्व युद्धले भारतको ऊर्जा आपूर्तिमा असरको संकेत, ग्यास आपूर्ति कडा हुन सक्ने चिन्ता

    Author

    NEPSE TRADING

    मध्यपूर्व युद्धले भारतको ऊर्जा आपूर्तिमा असरको संकेत, ग्यास आपूर्ति कडा हुन सक्ने चिन्ता

    मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्न सक्ने संकेत देखिएको छ। भारतको सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आयातकर्ता पेट्रोनेट एलएनजीले केही अपरेसन अवरुद्ध हुन सक्ने चेतावनी दिएपछि ग्यास आपूर्ति कडा हुन सक्ने चिन्ता बढेको हो।

    कम्पनीले मंगलबार राति स्टक एक्सचेन्जमा दिएको जानकारीअनुसार होर्मुज जलडमरूमध्य हुँदै कतार इनर्जीको प्रमुख लोडिङ पोर्ट रास लाफानसम्म जहाजहरू सुरक्षित रूपमा पुग्न नसक्ने अवस्था सिर्जना भएको छ। कतार इनर्जीले यसै साता एलएनजी उत्पादन अस्थायी रूपमा स्थगित गरेको घोषणा गरिसकेको छ, जुन भारतीय बजारका लागि प्रमुख आपूर्तिकर्ता मानिन्छ।

    यही परिस्थितिमा पेट्रोनेट एलएनजीले आफ्ना तीन ट्याङ्कर ‘दिशा’, ‘राही’ र ‘असीम’ सम्बन्धमा कतार इनर्जीलाई ‘फोर्स मेज्युअर’ नोटिस पठाएको जनाएको छ। कम्पनीका अनुसार कतार इनर्जीबाट पनि यस्तै प्रकारको नोटिस प्राप्त भएको छ। साथै, कम्पनीले गेल (इन्डिया), इन्डियन आयल कर्पोरेसन र भारत पेट्रोलियम कर्पोरेसनजस्ता घरेलु ग्राहकहरूलाई पनि सम्भावित आपूर्ति अवरोधबारे जानकारी गराएको छ।

    कम्पनीले अहिले नै यसको प्रभावको ठ्याक्कै परिमाण आकलन गर्न नसकिने जनाएको छ। तर स्थानीय सञ्चारमाध्यमहरूका अनुसार केही घरेलु ग्यास आपूर्तिकर्ताहरूले औद्योगिक ग्राहकहरूलाई ग्यास आपूर्तिमा सामान्य कटौती हुन सक्ने संकेत दिइसकेका छन्।

    भारतले आफ्नो ऊर्जा आवश्यकताको ठूलो हिस्सा तेल र ग्यास आयातमार्फत पूरा गर्दै आएको छ। यही कारण मङ्गलबार भारत सरकारले युद्ध लम्बिँदै गए अर्थतन्त्रमा ‘गम्भीर परिणाम’ आउन सक्ने चेतावनी दिएको थियो। यद्यपि पेट्रोलियम मन्त्रालयले देशको मौज्दात सन्तोषजनक रहेको बताउँदै आवश्यक परे चरणबद्ध उपाय अपनाइने स्पष्ट पारेको छ।

    भारतीय दैनिक हिन्दूका अनुसार भारतसँग करिब २५ दिनका लागि कच्चा तेलको भण्डार रहेको छ भने आगामी दुईदेखि तीन सातासम्मका लागि एलएनजी आपूर्ति उपलब्ध रहेको बताइएको छ। तर विश्लेषकहरूका अनुसार कच्चा तेलको मूल्य बढ्दै जाँदा दक्षिण एसियाली अर्थतन्त्रहरूमा थप दबाब पर्न सक्छ।

    फिच सोलुसन्सको इकाइ बिएमआईका विश्लेषकहरूले श्रीलङ्काले आफ्नो बाह्य वित्तीय दबाबका कारण सबैभन्दा ठूलो आर्थिक असर झेल्नुपर्ने टिप्पणी गरेका छन्। त्यस्तै भारतले पनि कच्चा तेल आयातमा उच्च निर्भरता भएकाले थप आर्थिक दबाब सामना गर्नुपर्ने चेतावनी दिइएको छ।

    विश्लेषकहरूका अनुसार मध्यपूर्वमा बढ्दो अस्थिरताले ऊर्जा बजारमार्फत दक्षिण एसियाली अर्थतन्त्रहरूमा प्रत्यक्ष प्रभाव पार्न थालेको संकेत देखिएको छ।

    Trending News

    • मध्यपूर्व युद्धले भारतको ऊर्जा आपूर्तिमा असरको संकेत, ग्यास आपूर्ति कडा हुन सक्ने चिन्ता

      Trending

      •

      4 Mar, 2026

      मध्यपूर्व युद्धले भारतको ऊर्जा आपूर्तिमा असरको संकेत, ग्यास आपूर्ति कडा हुन सक्ने चिन्ता

      Read news

    • मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

      Trending

      •

      4 Mar, 2026

      मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

      Read news

    • निर्वाचनअघिको अन्तिम कारोबार दिन नेप्से ३८ अंकले उकालो, अधिकांश उपसमूहमा हरियाली

      Trending

      •

      3 Mar, 2026

      निर्वाचनअघिको अन्तिम कारोबार दिन नेप्से ३८ अंकले उकालो, अधिकांश उपसमूहमा हरियाली

      Read news

    Related News

  • मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी
    Top

    1 min read

    मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

    NEPSE TRADING

    ·

    4 Mar, 2026

  • निर्वाचनअघिको अन्तिम कारोबार दिन नेप्से ३८ अंकले उकालो, अधिकांश उपसमूहमा हरियाली
    Top

    1 min read

    निर्वाचनअघिको अन्तिम कारोबार दिन नेप्से ३८ अंकले उकालो, अधिकांश उपसमूहमा हरियाली

    NEPSE TRADING

    ·

    3 Mar, 2026

  • मध्यपूर्व युद्धको असर: एयर स्पेस बन्द भएपछि नेपालबाट सबै अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि स्थगित
    Top

    1 min read

    मध्यपूर्व युद्धको असर: एयर स्पेस बन्द भएपछि नेपालबाट सबै अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि स्थगित

    NEPSE TRADING

    ·

    3 Mar, 2026

  • मध्यपूर्व तनावपछि कच्चा तेल महँगियो, नेपालमा पेट्रोल–डिजेलको मूल्य बढ्ने चिन्ता
    Top

    1 min read

    मध्यपूर्व तनावपछि कच्चा तेल महँगियो, नेपालमा पेट्रोल–डिजेलको मूल्य बढ्ने चिन्ता

    NEPSE TRADING

    ·

    3 Mar, 2026