·
सिद्धार्थ क्यापिटलद्वारा SSIS इकाई डिम्याट खातामा जम्मा, योजना आकार २.८० अर्ब पुर्याइयो
Author
NEPSE TRADING

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले ‘सिद्धार्थ व्यवस्थित लगानी योजना (SSIS)’ अन्तर्गतका इकाईहरू इकाईधनीहरूको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको जनाएको छ। कम्पनीले सूचना जारी गर्दै चैत १६ गतेदेखि इकाईहरू डिम्याट खातामा क्रेडिट गरिएको जानकारी दिएको हो।यसअघि चैत २ गते कारोबार समयपछि इकाई बाँडफाँड स्थगित गरिएको थियो। तर नेपाल धितोपत्र बोर्डबाट चैत ५ गते योजनाको आकार २ अर्ब ५० करोड रुपैयाँबाट बढाएर २ अर्ब ८० करोड रुपैयाँ कायम गर्न स्वीकृति प्राप्त भएपछि पुनः इकाई बाँडफाँड प्रक्रिया अगाडि बढाइएको हो।सिद्धार्थ बैंक लिमिटेड प्रवर्द्धक तथा सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको उक्त खुलामुखी योजनाका इकाईधनीहरूले आफ्नो अद्यावधिक विवरण डिम्याट खाता वा मेरोसेयरमार्फत हेर्न सक्नेछन्।कम्पनीले बाँडफाँड स्थगनका कारण इकाईधनीहरूमा परेको असहजताप्रति क्षमायाचना गर्दै आगामी दिनमा सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।




