·
सूर्यज्योति लाइफका ११.२५ लाख संस्थापक सेयर बिक्रीमा
Author
Nepse Trading

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक समूहअन्तर्गतका ११ लाख २५ हजार ३४४ कित्ता सेयर बिक्रीमा राखेको छ। कम्पनीका अनुसार हालको चरणमा यी सेयर विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्र खुला गरिनेछ।
सेयर खरिदका लागि इच्छुक संस्थापकले काठमाडौंको थापाथलीस्थित सेयर रजिस्ट्रा एनआईसी एसिया क्यापिटलको कार्यालयमा ३५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ।
तोकेको अवधिभित्र संस्थापकतर्फबाट आवेदन नआएमा, उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्रीका लागि खुला गरिने कम्पनीले जनाएको छ।


