·

ग्लोबल आइएमई बैंकद्वारा गैरआवासीय तथा विदेशस्थित नेपालीका लागि विशेष बैंकिङ्ग विभाग स्थापना

Author

NEPSE TRADING

ग्लोबल आइएमई बैंकद्वारा गैरआवासीय तथा विदेशस्थित नेपालीका लागि विशेष बैंकिङ्ग विभाग स्थापना
ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास तथा रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै नेपालकै पहिलो ‘नन–रेजिडेन्ट एन्ड ओभरसिज बैंकिङ्ग डिभिजन (NROBD)’ स्थापना गरेको छ। उक्त विभागको उद्घाटन बिहीबार काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका हुन्।नयाँ विभागमार्फत विदेशमा रहेका नेपालीहरूले खाता खोल्ने, कर्जा प्रक्रिया, कारोबार बैंकिङ्ग, पुँजी बजार सेवा तथा लगानी व्यवस्थापन लगायतका सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार यी सेवाहरू फोन, इमेल, अन्तर्राष्ट्रिय कार्यालय, बैंक प्रतिनिधि तथा काठमाडौंस्थित NROBD कार्यालयमार्फत उपलब्ध गराइनेछ भने भविष्यमा २४ घण्टा सेवा दिने योजना पनि रहेको छ।उद्घाटन कार्यक्रममा अध्यक्ष ढकालले विदेशमा रहेका नेपालीहरूले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गर्दै नयाँ विभागले उनीहरूलाई नेपालसँग वित्तीय रूपमा थप जोड्ने विश्वास व्यक्त गरे। बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले पनि यो पहलले गैरआवासीय नेपालीहरूको लगानी तथा वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने बताए।सन् २००७ मा स्थापना भएको ग्लोबल आइएमई बैंकले विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै विस्तृत रेमिट्यान्स नेटवर्क, अन्तर्राष्ट्रिय बैंकिङ्ग साझेदारी तथा बेलायत, अष्ट्रेलिया र भारतमा प्रतिनिधि कार्यालय सञ्चालन गर्दै आएको छ। बैंकले हाल देशभर ३५२ शाखा, ३७९ एटीएम, १४७ शाखारहित बैंकिङ्ग इकाइ लगायत करिब १,००० सेवा केन्द्रमार्फत सेवा दिइरहेको छ। साथै बैंकले Euromoney Award for Excellence 2024 र Global Finance Best Bank Award 2024 जस्ता अन्तर्राष्ट्रिय सम्मान समेत प्राप्त गरेको छ।

Related News