
<1 min read
१० अर्ब बराबरको विकास ऋणपत्र बिक्री हुने
१० अर्ब बराबरको विकास ऋणपत्र बिक्री हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। कार्यालयका अनुसार ३ वर्षे अवधिको ‘विकास ऋणपत्र–२०८५’ बोलकबोलमार्फत बिक्री गरिनेछ। बोलपत्र भदौ ११ गते (भोलि) बोलकबोलमार्फत बिक्री गरी भदौ १२ गते निष्कासन गरिने कार्यालयले जनाएको छ। यस विकास ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।
NEPSE TRADING
·26 Aug, 2025