
1 min read
चैत ८ मा सुन–चाँदीको मूल्यमा भारी गिरावट, सुन १२ हजार ५०० रुपैयाँले घट्यो
चैत ८ गते, आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार छापावाल सुन एकैदिन प्रतितोला १२ हजार ५०० रुपैयाँले घट्दै २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य पनि ३५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५४० रुपैयाँमा झरेको छ। पछिल्ला दिनदेखि सुनको मूल्य लगातार घट्दो क्रममा रहेको महासंघले जनाएको छ ।
NEPSETRADING
·22 Mar, 2026


















