·

चैत ८ मा सुन–चाँदीको मूल्यमा भारी गिरावट, सुन १२ हजार ५०० रुपैयाँले घट्यो

Author

NEPSETRADING

 चैत ८ मा सुन–चाँदीको मूल्यमा भारी गिरावट, सुन १२ हजार ५०० रुपैयाँले घट्यो
चैत ८ गते, आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १२ हजार ५०० रुपैयाँले घट्दै २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ, जुन गत शुक्रबार २ लाख ९४ हजार ५०० रुपैयाँमा रहेको थियो। पछिल्ला केही दिनदेखि सुनको मूल्य निरन्तर ओरालो लाग्दै आएको देखिएको छ। त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। आइतबार चाँदी प्रतितोला ३५५ रुपैयाँले घट्दै ४ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ, जबकि गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।

Related News