·

कतार आक्रमणले एलएनजी निर्यातमा १७% गिरावट, भारत–नेपालमा इन्धन मूल्य बढ्ने आशंका

Author

NEPSETRADING

कतार आक्रमणले एलएनजी निर्यातमा १७% गिरावट, भारत–नेपालमा इन्धन मूल्य बढ्ने आशंका
काठमाडौं । कतारको रास लाफान औद्योगिक शहरमा भएको भिषण क्षेप्यास्त्र आक्रमणले विश्व ऊर्जा आपूर्तिमा ठूलो धक्का लागेको छ । कतार इनर्जीका अनुसार सन् २०२६ मार्च १८ मा भएको आक्रमणले एलएनजी उत्पादन गर्ने मुख्य संरचनामा क्षति पुर्‍याउँदै देशको एलएनजी निर्यात क्षमता करिब १७ प्रतिशतले घटाएको छ र पूर्ण मर्मत गर्न तीनदेखि पाँच वर्ष लाग्न सक्ने बताइएको छ । यसबाट वार्षिक करिब २० अर्ब अमेरिकी डलर बराबरको आम्दानी गुम्ने अनुमान गरिएको छ । यो घटनाले भारत जस्ता कतारबाट ठूलो परिमाणमा ग्यास आयात गर्ने देशहरूमा गम्भीर असर पार्ने देखिएको छ, जसको अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेको छ । भारतमार्फत ग्यास र पेट्रोलियम पदार्थ आयात गर्ने नेपालमा मूल्यवृद्धिको दबाब बढ्न सक्ने र यसले बजारमा महँगी थप बढाउने विश्लेषण गरिएको छ । साथै कतारमा ठूलो संख्यामा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षाबारे पनि चिन्ता बढेको छ ।

Related News