·
प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा वैशाख ९ मा, ८.७०% बोनस र ०.४५% नगद लाभांश प्रस्ताव
Author
NEPSE TRADING

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो ३०औं वार्षिक साधारण सभा आगामी वैशाख ९ गते आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको चैत १७ गते बसेको बैठकले सभा बोलाउने निर्णय गरेको हो।सभा काठमाडौंको तीनकुनेस्थित ‘प्रभु कम्प्लेक्स’मा बिहान ११ बजे सुरु हुने जनाइएको छ। कम्पनीले उक्त सभाबाट आर्थिक वर्षका वित्तीय विवरण पारित गर्नुका साथै लाभांश प्रस्ताव अनुमोदन गर्ने तयारी गरेको छ।कम्पनीले आफ्ना शेयरधनीहरूलाई ८.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। बोनस शेयरको रकम करिब १४ करोड ७९ लाख रुपैयाँ बराबर रहेको छ भने नगद लाभांश करिब ७७ लाख रुपैयाँ बराबर रहेको कम्पनीले जनाएको छ।वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २६ गते एक दिनका लागि शेयर दाखिला खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ। उक्त मितिसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न पाउनेछन्।हाल कम्पनीको चुक्ता पूँजी करिब १ अर्ब ७० करोड रुपैयाँ रहेको छ। यस निर्णयबारे कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराइसकेको छ।



