प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Author
NEPSE TRADING

साउन १ गते, बिहीबार, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड (PRIN) को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। कम्पनीले साउन २ गते शुक्रबार बुकक्लोज गर्ने घोषणा गरेकोले आजसम्म शेयर खरीद गर्ने शेयरधनीले वार्षिक साधारण सभामा सहभागी हुन पाउनेछन् र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
प्रभु इन्स्योरेन्सले साउन २३ गते, शुक्रबार, बिहान ११ बजे तिनकुनेस्थित प्रभु कम्प्लेक्समा २९औँ वार्षिक साधारण सभा आयोजना गर्दैछ। सभामा हालको चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, बोनस शेयरपछि कायम हुने पूँजीको ४७ प्रतिशत हकप्रद शेयर निष्काशन, प्रबन्धपत्र तथा नियमावली संशोधन र लेखापरीक्षक नियुक्तिका प्रस्तावहरू पनि उक्त सभामा पारित गरिनेछ।




