·
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड को १०% हकप्रद शेयर निष्काशन आजदेखि खुला
Author
NEPSE TRADING

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज (चैत २६ गते) देखि १० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १०० कित्ता बराबर १० कित्ताको अनुपातमा २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता हकप्रद शेयर जारी गर्दैछ । यस प्रयोजनका लागि कम्पनीले फागुन १७ गते बुकक्लोज गरेको थियो, जसअनुसार फागुन १४ गतेसम्म कायम रहेका शेयरधनीहरूले आवेदन दिन सक्नेछन्। हकप्रद शेयरमा २०८३ वैशाख १६ गतेसम्म आवेदन दिन पाइनेछ। इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ भने आवेदन बिक्री प्रबन्धक, तोकिएका बैंक शाखा तथा ‘मेरो शेयर’ प्रणालीमार्फत सि-आस्वा प्रयोग गरी दिन सकिनेछ। हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा हकप्रद पश्चात २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।




