·
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) ले १० प्रतिशत हकप्रद शेयर चैत २६ देखि निष्काशन गर्ने
Author
NEPSETRADING

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) ले चैत २६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बराबर हकप्रद शेयर जारी गर्न लागेको हो, जसअनुसार हाल कायम १०० कित्ता शेयर बराबर नयाँ १० कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरिनेछ। यसअन्तर्गत कम्पनीले २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। हकप्रद प्रयोजनका लागि कम्पनीले फागुन १७ गते बुकक्लोज गरिसकेको छ, त्यसैले फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले आवेदन दिन सक्नेछन्। हकप्रद शेयरमा २०८३ वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ। हकप्रद निष्काशनका लागि गरिएको रेटिङ्गमा इक्रा नेपाल (ICRA Nepal) ले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ। कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ भने शेयरधनीहरूले आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयर (Mero Share) मार्फत पनि आवेदन दिन सक्नेछन्। हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ भने हकप्रद निष्काशनपछि चुक्ता पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ ।



