·
नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि
Author
NEPSE TRADING

चैत २७ गते, शुक्रबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला २,२०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिन बिहीबार २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँले वृद्धि भई ४ हजार ९६० रुपैयाँ पुगेको छ, जबकि बिहीबार चाँदी प्रतितोला ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो।




