·
विमानस्थलमा बिदाइ–स्वागतमा अब अधिकतम तीनजनामात्र सहभागी हुन पाइने
Author
NEPSE TRADING

अब विदेश जाने वा विदेशबाट आउने यात्रुको बिदाइ तथा स्वागतमा विमानस्थलभित्र सीमित मात्रामा मात्रै व्यक्तिहरू सहभागी हुन पाउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक भीडभाड नियन्त्रण गर्न भन्दै एक सूचना जारी गर्दै अब बिदाइ वा स्वागतमा बढीमा तीनजना मात्रै सहभागी हुन पाइने व्यवस्था गरेको हो । प्राधिकरणका अनुसार एक यात्रुका लागि दशौँ आफन्त विमानस्थल पुग्ने गर्दा भीड बढेर व्यवस्थापनमा समस्या हुने गरेको छ । त्यसैले सीमित स्थानलाई व्यवस्थित बनाउन सबैलाई सहयोग गर्न आग्रह गरिएको छ।



