·
होटल पार्क ल्यान्डले १५ करोडको आईपीओ ल्याउन धितोपत्र बोर्डसँग माग्यो अनुमति
Author
NEPSE TRADING

होटल पार्क ल्यान्ड लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा औपचारिक निवेदन दर्ता गराएको हो। होटलले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने योजना बनाएको छ, जसअन्तर्गत प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १५ लाख कित्ता साधारण सेयर निष्कासन गरिनेछ। यस आईपीओको बिक्री प्रबन्धकका रूपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ।


