·
सीईओ पक्राउपछि सन नेपाल लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा कवि फूँयाल नियुक्त
Author
NEPSE TRADING

सन नेपाल लाइफ इन्स्योरेन्सले कवि फूँयाललाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी दिएको छ । उनी हाल कम्पनीको वरिष्ठ उप प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । कम्पनीको मंगलबार बसेको १५६ औँ बोर्ड बैठकले यो निर्णय गरेको हो। यो नियुक्ति कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललाई कर्मचारी शेयर वितरणमा अनियमितता गरेको आरोपमा सीआइबीले पक्राउ गरी हिरासतमा राखेपछि गरिएको हो ।



