·
कालंगा हाइड्रो लिमिटेडको आईपीओ आवेदन दिने आज अन्तिम दिन
Author
NEPSE TRADING

कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज, चैत २४ गते, अन्तिम दिन रहेको छ।कम्पनीले १ अर्ब ४० करोड रुपैयाँको पूँजी मध्ये ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँको ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमा १४ लाख कित्ता साधारण शेयर आयोजनाका प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको हो, जसको मूल्य १०० रुपैयाँ प्रतिकित्ता रहेको छ।यस आईपीओमा ९ लाख १० हजार कित्ता शेयर बझाङ्ग जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नं. ४ र ५, बित्थडचिर गाउँपालिका वडा नं. ६ र ८, बुंगल नगरपालिकाको वडा नं. ३, ४, ६, ८ र ५, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं. १ र २ तथा दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका वडा नं. १ का स्थायी बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ। त्यस्तै, ४ लाख ९० हजार कित्ता शेयर बझाङ्ग, बैतडी र दार्चुला जिल्लाका अन्य वडाका स्थायी बासिन्दाहरुलाई वितरण गरिनेछ।आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ।कम्पनीले गरेको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई "केयरएनपी डबल बी" इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।कालंगा हाइड्रो लिमिटेडले सञ्चालन गरेको १५.३३ मेगावाटको कालंगागाड जलविद्युत आयोजना कुल ४ अर्ब ३३ करोड ९३ लाख ४२ हजार ३१० रुपैयाँको लागतमा सम्पन्न भएको हो। यस आयोजनाबाट २०७९ माघ २७ गतेदेखि विद्युत उत्पादन सुरु भएको छ।कम्पनीको शेयर निष्काशन र बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले आवेदन दिनका लागि विभिन्न बैंक र कार्यालयमा जान सक्नेछन्।




