·
लुम्बिनी विकास बैंकको २०,२९० कित्ता संस्थापक सेयर बिक्री खुला, सर्वसाधारणलाई आवेदनको मौका
Author
NEPSE TRADING

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएका छन्। बैंकले दोस्रो पटक सूचना प्रकाशित गर्दै अब इच्छुक सर्वसाधारण तथा संस्थालाई समेत सेयर खरिदका लागि आवेदन दिन आह्वान गरेको हो।प्रकाशित सूचनाअनुसार संस्थापक सेयरधनी प्रकाश मान श्रेष्ठले आफ्नो नाममा रहेको २० हजार २९० कित्ता संस्थापक सेयर बिक्री गर्न प्रस्ताव गरेका थिए। यसअघि विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिँदै सूचना जारी गरिएको भए पनि तोकिएको अवधिभित्र कुनै आवेदन नपरेपछि अब अन्य इच्छुक व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ।नेपाल राष्ट्र बैंकले तोकेको योग्यतापूर्वक संस्थापक सेयर खरिद गर्न सक्ने व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौंमा निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।बैंकले प्रचलित नियमअनुसार पारदर्शी र व्यवस्थित ढंगले सेयर बिक्री प्रक्रिया अघि बढाइने जनाएको छ। यस प्रक्रियाबाट संस्थापक सेयर संरचनामा आंशिक परिवर्तन आउने सम्भावना रहेको छ।‘ख’ वर्गको इजाजतपत्रप्राप्त विकास बैंकका रूपमा रहेको लुम्बिनी विकास बैंकले देशभर वित्तीय सेवा विस्तार गर्दै आएको छ। संस्थापक सेयर सर्वसाधारणका लागि खुला गरिएसँगै योग्य लगानीकर्ताबीच यसप्रति चासो बढ्ने अपेक्षा गरिएको छ।




