·
नेपाल राष्ट्र बैंकद्वारा १ खर्ब २५ अर्ब निक्षेप संकलन गरी अधिक तरलता व्यवस्थापन गर्ने तयारी
Author
NEPSE TRADING

नेपाल राष्ट्र बैंकले आज शुक्रवार वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बोलकबोलमार्फत गरिने यस उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलनमार्फत तरलता घटाउने र बजार ब्याजदरलाई सन्तुलनमा राख्ने उद्देश्यसहित राष्ट्र बैंकले यो कदम चालेको हो । हाल बैंकिङ प्रणालीमा कर्जा प्रवाह सुस्त रहेकाले अधिक तरलता कायम रहँदा केन्द्रीय बैंकले नियमित रूपमा यस्ता उपकरण प्रयोग गर्दै आएको छ। संकलित रकमको सावाँ तथा ब्याज २०८३ वैशाख २ गते भुक्तानी हुने जनाइएको छ ।



