·

नेप्से २७ अंकले घट्यो, साताको पहिलो दिन सेयर बजार ओरालो

Author

NEPSE TRADING

नेप्से २७ अंकले घट्यो, साताको पहिलो दिन सेयर बजार ओरालो

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालो लाग्दै बन्द भएको छ। गत साता खुलेका दुई कारोबार दिनमा समेत घटेको नेप्से परिसूचकले यस दिन पनि सोही प्रवृत्ति निरन्तरता दिएको हो। आइतबार नेप्से परिसूचक २७.५९ अंक घटेर २६१४.५५ विन्दुमा झरेको छ भने सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि क्रमशः घटेका छन्। कारोबार रकमसमेत घट्दै ३२४ स्टकको ७२ हजारभन्दा बढी कारोबारबाट करिब ६ अर्ब ६९ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यस दिन सालपा विकास बैंकको सेयर सकारात्मक सर्किटमा कारोबार भएको छ भने रिलायन्स स्पिनिङ मिल्सको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। यता बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ। कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सबै १३ उपसमूहका परिसूचक घटेका छन्, जसमा व्यापार उपसमूह सबैभन्दा धेरै घटेको देखिएको छ।

Related News