·
नेप्से परिसूचक सामान्य गिरावटसहित बन्द, कारोबार रकममा पनि कमी
Author
NEPSE TRADING

साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य गिरावटसहित बन्द भएको छ । पछिल्ला दुई दिन लगातार उकालो लागेको बजार यस दिन १३.४६ अंकले घटेर २८३७.७७ विन्दुमा झरेको हो । सेन्सेटिभ इण्डेक्स, फ्लोट इण्डेक्स लगायत सूचकहरू पनि घटेका छन् । कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा घट्दै ८ अर्ब ९९ करोड रुपैयाँमा सीमित रह्यो, जहाँ ३३५ स्टकको ९७ हजारभन्दा बढी कारोबार भएको थियो । यस दिन केही कम्पनीहरू सकारात्मक सर्किट लेभलमा कारोबार भए पनि समग्र बजारमा दबाब देखिएको छ । कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहँदा रिलायन्स स्पिनिङ्ग मिल्स र रिडी पावर डेभलपमेन्टले पनि उल्लेख्य कारोबार गरेका छन् । उपसमूहगत रूपमा १३ मध्ये ११ उपसमूह घट्दा उत्पादन तथा प्रशोधन र जलविद्युत उपसमूहमा भने सामान्य वृद्धि देखिएको छ, जसले बजारमा मिश्रित प्रवृत्ति देखिएको संकेत गर्दछ।



