नेप्से परिसूचक सामान्य बढेर बन्द, कारोबार रकम ११ अर्ब १० करोड पुग्यो
Author
NEPSE TRADING

साताका अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। साताको पहिलो कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो। बिहीबार नेप्से परिसूचक ८.९७ अंक बढेर २६७१.०७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ८ अर्ब ६९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३७ स्टकको १ लाख ६ हजार १८ पटकको कारोबारमा ११ अर्ब १० करोड २५ लाख ५० हजार रुपैयाँबराबरको २ करोड ७७ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन मध्य भोटेकोशी जलविद्युत कम्पनी शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन २८ रुपैयाँ ५० पैसा बढेर ३१३ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन रसुवागढी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने खानी खोला हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशत बढेको छ। कारोबारमा आएको कालिञ्चोक दर्शनको शेयरमूल्य यस दिन सर्वाधिक ७.५९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७० करोड ५३ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन एसवाई प्यानल नेपालको करिब साढे ४३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ भने रिडी पावरको करिब ४२ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.१८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहमको परिसूचक करिब १ प्रतिशत बढेको छ भने अरु उपसमूहमहरूको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहमको परिसूचक यस दिन सर्वाधिक १.६५ प्रतिशत घटेको छ। यस दिन लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहमहरूको परिसूचक सामान्य घटेको छ।


