·

बाग्मती प्रदेशको आगामी आवको बजेट: चालु आवकै हाराहारीमा

Author

NEPSE trading

 बाग्मती प्रदेशको आगामी आवको बजेट: चालु आवकै हाराहारीमा

बाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार, आगामी आर्थिक वर्षका लागि ६० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउन लागिएको हो। बाग्मती प्रदेशले असार १ गते बजेट प्रस्तुत गर्ने योजना बनाएको छ, जसमा मुख्यत: कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारी प्रवर्द्धनलाई प्राथमिकता दिने छ।

आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले भने, "प्रदेशको आयस्तरलाई अधिकतम प्रयोग गरेर बजेट निर्माण भइरहेको छ।" संघीय सरकारबाट प्राप्त हुने अनुदान रकममा कटौती भएपछि चालु आवकै हाराहारीमा बजेट ल्याउनुपर्ने आवश्यकता रहेको मन्त्री थपलियाले बताए। आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भइसकेको छ, जसमा ठूला र बृहत् प्रकृतिका योजनाहरूलाई समेट्ने योजना रहेको छ।

चालु आवका लागि बाग्मती प्रदेशले ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो, जसमा चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्थापनतर्फ ५० करोड रुपैयाँ रहेको थियो।

Related News