·
सुन र चाँदीको मूल्य घट्यो
Author
NEPSE TRADING

फागुन १ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३४० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुन प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीकाे मूल्य भने तोलामा ३४० रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी तोला ५ हजार ३४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


