·

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड नोक्सानीमा

Author

NEPSE TRADING

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड नोक्सानीमा

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा करिब ४ करोड नोक्सानी व्यहोरेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनी ३ करोड ८४ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। सो अवधिसम्ममा कम्पनीले १० करोड ४८ लाख रुपैँयाँ सञ्चालन आम्दानी गरेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको कुल आमनी १० करोड ५१ लाख रुपैयाँ रहेको छ भने कम्पनीको कुल खर्च १४ करोड ३५ लाख रुपैयाँ रहेको छ।

६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ७ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने अन्य जगेडा ६ करोड २३ लाख रुपैयाँ रहेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपेयाँ ८१ पैसा ऋणात्मक र प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ९३ पैसा रहेको छ।

Related News