·
प्राइम कमर्सियल बैंकको १२,४१,०११ कित्ता संस्थापक सेयर लिलामीको अन्तिम दिन
Author
NEPSE trading
काठमाडौं, जेठ ३१ - प्राइम कमर्सियल बैंकको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ।
- सेयर संख्या: १२,४१,०११ कित्ता
- आवेदकहरु: बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्था
- मूल्य: न्यूनतम ११५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने
- आवेदन अवधि: आज कार्यालय समयसम्म
- न्यूनतम आवेदन: २ लाख कित्ता
- अधिकतम आवेदन: सबै कित्ता
- आवेदन स्थान: बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ, लेखनाथ मार्ग, ठमेल, काठमाडौं
- लिलामी सुरु मिति: जेठ २५ गते