·

भुजुङ्ग हाइड्रोपावर लिमिटेडको शेयर नेप्सेमा सूचीकृत, चैत ८ देखि नियमित कारोबार सुरु

Author

NEPSETRADING

भुजुङ्ग हाइड्रोपावर लिमिटेडको शेयर नेप्सेमा सूचीकृत, चैत ८ देखि नियमित कारोबार सुरु
चैत ५ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भुजुङ्ग हाइड्रोपावर लिमिटेड (BJHL) को शेयर पहिलोपटक सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीका कुल १ करोड कित्ता शेयर सूचीकृत भएका छन्। यसमा सर्वसाधारण शेयरधनीहरुलाई वितरण गरिएको २० लाख कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेका ८० लाख कित्ता शेयर समावेश छन्। नेप्सेले कम्पनीलाई ९० रुपैयाँ ४ पैसादेखि २७० रुपैयाँ १२ पैसासम्मको ओपनिङ्ग मूल्य रेञ्ज प्रदान गरेको छ। सोही मूल्य रेञ्जअनुसार आगामी आइतबार (चैत ८ गते) स्पेशल प्रि–ओपन सेसनमा कारोबार भएपश्चात कम्पनीको शेयर नियमित बजारमा किनबेच गर्न सकिनेछ। नेप्सेले कम्पनीलाई BJHL स्टक टिकर पनि प्रदान गरेको छ।

Related News