·

विशाल बजार कम्पनीले १४ प्रतिशत लाभांश वितरण गर्ने

Author

Nepse trading

विशाल बजार कम्पनीले १४ प्रतिशत लाभांश वितरण गर्ने

विशाल बजार कम्पनी लिमिटेडले १४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ। माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव पारित गर्न फागुन २८ गते साधारण सभा बोलाएको छ। सभा त्रिभुवन आर्मी अफिसर क्लब, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०७०–७१ देखि २०७५–७६ सम्मको वित्तीय विवरणमाथि छलफल हुनेछ भने आर्थिक वर्ष २०८०–८१ र २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने निर्णय हुनेछ। साथै, सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालक चयन गरिनेछ। कम्पनीले फागुन ९ गते बुक क्लोज गर्ने भएकाले फागुन ८ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्।

Related News