·

आज प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद बैठक आह्वान, राष्ट्र बैंकको गभर्नर नियुक्ति सम्भावना

Author

NEPSE trading

आज प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद बैठक आह्वान, राष्ट्र बैंकको गभर्नर नियुक्ति सम्भावना

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज अपरान्ह ५ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्नेछ।

बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि भइरहेको छलफल, सरकारका नियमित कामकारबाहीहरूको समीक्षा, समसामयिक विषयहरू तथा राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा पनि छलफल हुने बताइएको छ।

स्रोतका अनुसार आजको बैठकबाटै राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको छ। यसै विषयलाई लिएर राजनीतिक तहमा चासो थपिएको छ।

Related News